सुनसरी : बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा दुई समूहबीच विवाद हुँदा कुटपिट भएको छ । दुई दिन देखि सामाजिक सञ्जालमा भाइरस भइरहेको पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो दुई दिन देखि सामाजिक सञ्जालमा भाइरस भइरहेको छ ।
तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्नमा १९ वर्षीया प्रिति लिम्बुलाई हिजो आइतबार राति पक्राउ प्रहरीले पक्राउ गरेको हो । अन्य पाँच जना फरार रहेका छन् ।
सुनसरीको बराहाक्षेत्र नगरपालिका वडक नम्बर – १० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीलृ जनाएको छ ।
समूहले १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ वर्षीया र १७ वर्षीया नाबालिगमाथि कुटपिट गरेका हुन् । प्रहरीका अनुसार सामान्य विवादमा उनीहरुबीच झडप भएको हो । कुटपिटमा संलग्न रहेका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ ।