सुनसरी / दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बुधबार दिउँसो सुनसरीको दुहबी नगरपालिका- ५ स्थिति पशुपति फ्याक्ट्रि उद्योग नजिकै कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४७ प ११६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सुनसरीको गढी गाउँपालिका – २ का २७ वर्षीय उतम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार मोरङ कटहरी गाउँपालिका- ५ का अमन गुरुङ घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका गुरूङको लागि विराट नसिंङहोम उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा चौधरीको मृत्यु भएको हो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



