मकवानपुर: सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–२ चित्रेमा सिँचाईको कुलोमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा च्याङा लामा रहेको घटना प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेशले पुष्टि गरेको हो ।
बुधबार दिउँसो ४ः३५ बजे गोरेटो बाटो नजिकै रहेको सिँचाईको कुलोमा डुबी लामा मृत अवस्थामा फेला परेका थिए ।
स्थानीयवासीका अनुसार लामाले अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेका थिए । घटनापछि कुलोबाट च्याङा लामाको निर्जीव शव पोस्टमार्टमका लागि मेलम्ची अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।