सुनसरी : झुम्का कारागारमा रहेका ३४ वर्षिय लाल बहादुर बिकलाई न्याय माग्न दिलाउन इटहरी उपमहानगरपालिका अगाडि र इटहरी चोकमा समर्थन गरेका हुन् ।
३४ वर्षिय लाल बहादुर बिकलाई न्याय माग्न दिलाउन इटहरी उपमहानगरपालिका अगाडि पहिलो चरणमा समर्थन प्रदर्शन गरेर इटहरी चोक हुदै विराटनगर लाइन भएर इटहरी उपमहानगरपालिका अगाडि आएर समर्थन प्रदर्शन गरेका हुन् । इटहरी १९ का सर्वसाधारण र इटहरीका स्थानीय बासि र नागरिक समाजका व्यक्तिहरूले इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाए गरेका थिए । उनले साथ सहयोग गर्ने , हामीले गर्न सक्ने काम गर्ने नगर प्रमुख पौडेलले बताए ।
उनीहरूको माग थियो निर्दोष व्यक्ति जेल हाल्यो न्याय दिलाउनु पर्छ भन्दै उनलाई न्याय चाइन्छ , बि.क निर्दोष हो भन्दै समर्थन गरेका थिए । हाम्रो माग पूरा नभएर फेरि घोर समर्थन प्रदर्शन गर्ने बि.को आमाले बताइन् । उनलाई खादै नखाएको बीस लगाएर फसाइएको समर्थन प्रदर्शनका एक व्यक्तिले बताए ।
यहि साउनको १६ गते उहाको मुद्दाको अन्तिम फैसला विराटनगर उच्च अदालत बाट फैसला हुदैछ । फैसलाविरुद्ध आँफू निर्दोष रहेको बताउँदै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दासमेत फैसला नभएपछि प्रदर्शन गरेको उनीहरू बताउछन् ।
इटहरी २० मा रहेको सिंहदेवी ज्वेलर्समा कालिगडको रूपमा कार्यरत उनलाई जिल्ला अदालत सुनसरीले ३ करोड १४ लाख ११ हजार जरीवाना तोके पछि विश्वकर्माका परिवारलाई तोकिदिए पछि परिवारले तिर्न नसक्ने बि.कको आमा बताउछिन् ।
दीपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रुपमा काम गर्ने लालबहादुरलाई फसाईएको भन्दै अहिले सामाजिक सञ्जाल तातिरहेको छ ।
दिपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिच प्रा,लि नामको बचत पासबुक बनाई उचित ब्याज सहित मुनाफा दिने भन्दै प्रलोभन देखाई स्थानिय २ सयल७५ जनाबाट १८ करोड बढी रकम ठगी गरेको प्रमाणसहित उक्त रकम बिगो तिराउने सुनसरी जिल्ला अदालतले फैसला सुनाएको थियोे ।
२०७८ पौष १९ गते सुनसरी जिल्ला अदालतले ज्वलर्स सञ्चालक दिपक विश्वकर्मा र उनको परिवारसहित लालबहादुर विश्वकर्मालाई अन्य सजायसहित बिगो रकमको बराबर गरि तिराउने भन्ने फैसला गरेको थियोे ।
उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढेपनि धेरैपटक हेर्न नमिल्ने र स्थगित हुने भएकाले लालबहादुरको मुद्दामा सुनुवाइ सर्दै आएको थियोे ।





