Saturday, July 19, 2025
देशकोशी प्रदेशट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेशको आर्थिक वर्षका काम सार्वजनिक , ८ प्रतिशतले...

ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेशको आर्थिक वर्षका काम सार्वजनिक , ८ प्रतिशतले दुर्घटना कमि

spot_img

सुनसरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेशले अघिल्लो वर्ष र आर्थिक वर्षमा गरेका काम सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरी कार्यलय यातायात इटहरी सुनसरीको भवनमा पत्रकार सम्मेलन गर्दै सवारी दुर्घटना २०७८/७९ मा ३ हजार ८ सय २० थिए भने आर्थिक वर्ष २०७९/८० मा ३ हजार ५ सय १० भएको थियोे ।

- Advertisement -

गत वर्ष २०७८/७९ मा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ सय ३१ थियोे भने यस वर्ष २०७९/८० असार मसान्तसम्म ४ सय १२ जनाको मृत्यु भएको छ । गत ७८/७९ को तुलनामा २२ दशमलव ४१ प्रतिशतले कमि भएर आएको अहिले ८ दशमलव ११ प्रतिशतले कमि भएको कोशी प्रदेश प्रहरी उपरीक्षक श्याम कुमार महतो बताए ।

आ.ब ७९/८० मा घाइतेमध्ये ८ सय १० जना गम्भीर र चार हजार ७ सय ९७ जना सामान्य छन् । यस तथ्याङ्कलाई आधार मान्दा पछिल्लो एक वर्षमा मानवीय क्षती एक सय १९ जना अर्थात २२.४१ प्रतिशतले कमी आएको छ ।

यसैगरी, एक वर्षयता भएका दुर्घटनाको तथ्याङ्क सार्वजनिक गर्दा ट्राफिक नियमको उल्लंघन गर्दा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्नेको सङ्ख्या पछिल्लो एक वर्ष ११.८७ प्रतिशतले वृद्दि भएको छ । कोशी प्रदेशमा आठ लाख ७० हजार सवारी साधन दर्ता भएका छन् ।

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन पार्किङ ३७ शहरमा गरेको छ । पकेट निर्माण ३७ शहर बजार एरियामा १ सय ११ स्थानमा , साइलेन्सर मोडिफाई गरी ध्वनी प्रदुषण गर्ने बुलेट बाईक २ सय ८७ वटा कारवाही, वान वए अर्थात एक तर्फि सवारीसाधन कार्यान्यवन धरानको भानु चोक लक्ष्मि चोक माछाभौडी भानुचोक , ६२ जना चालकमा चेकचाँच गर्दा ट्रालिक नियम उल्लंघन गरेका २६ जना चालक पक्राउ गरेको छ ।

ट्राफिक सप्ताह २०८० मा कार्यक्रम गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, बिराटनगरको सहयोग तथा सहकार्य र यस कार्यालयको आयोजनामा असार १९ गतेबाट कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ- भव्यताका साथ संचालन भई सम्पन्न गरेको कोशी प्रदेश प्रहरी उपरीक्षक महतो बताए ।

कोशी प्रदेशमा इटहरी चोकमा ट्राफिक लाइट व्यवस्था गरेको , पहाडी भुभागका सडकमा ऐनाको व्यवस्था , चोक चोकमा ट्राफिक प्रहरी र ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारीधनीले यसअघि ट्राफिक कार्यालयमा नगदी रसिदमार्फत् जरिवाना भुक्तानी गर्दै आएकोमा अब बैंकबाट भुक्तानीको व्यवस्था गरी जनतालाई सेवा गरिरहने कोशी प्रदेश प्रहरी उपरीक्षक श्याम कुमार महतो बताए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img