Wednesday, February 12, 2025
समाजरातारात सडकको गमला हटाउँदै हेटौँडा उपमहानगरपालिका

रातारात सडकको गमला हटाउँदै हेटौँडा उपमहानगरपालिका

मकवानपुर: हेटौँडा उपमहानगरपालिकाले सडक विस्तार प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले सडकपेटिमा भएको गमला रातारात स्थानान्तरण गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले बुधबार राती २ वटा जेसिवी प्रयोग गरेर सडक पेटिमा राखिएका बिरुवा सहितको गमला स्थानान्तरण गरेको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनअघि सूचना जारी गर्दै सडक क्षेत्रमा अतिक्रमण गरेका भौतिक संरचना हटाउन आह्वान गरेको थियो । जवाफमा हेटौंडा उपमहानगरपालिकाले यसअघि पनि सडक विस्तारको काममा सहजीकरणका लागि जनतासँग सहयोग र समन्वयका लागि अपिल गरेको थियो । उक्त अपीललाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सडकको फुटपाथबाट गमला स्थानान्तरण गरेको हो ।

लामो समय देखि उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तर हुन सकेको छैन । दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ ।

सडक विस्तारका लागि पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो । उक्त सुचनाको स्वागत गर्दै उपमहानगरपालिकाले नगरसभाबाट नै सर्वसम्मत निर्णय गरेर सडक विस्तारमा समन्वय र सहकार्य गर्ने भएको थियो । सोही अनुसार उपमहानगरपालिकाले सडक पेटिबाट गमला हटाएको हो ।

सबै नगर प्रहरी परिचालन गरि वडा प्रहरीका निरीक्षक दाताराम अधिकारीको रोहबरमा उक्त कार्य भैरहेको छ । गमला बिरुवाहरू स्थानान्तरण गर्ने यो पहल चलिरहेको सडक विस्तार प्रयासहरूमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा खडा देखिन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस