मकवानपुर : मकवानपुरको मनहरी–३ को वडा कार्यालयमा वडाध्यक्ष अनन्तप्रकाश अर्यालले कार्यालय भित्रै १७ बर्षिय युवक कुटेको घटना सार्वजनिक भएको छ ।
वडाध्यक्ष कार्कीले बुधबार बिहान साँडे ११ बजे वडा कार्यालय हाँडीखोला पुगेका स्थानीय १७ वर्षीय प्रशान्त कार्कीमाथि कुटपिट गरेका हुन् । कार्कीका आफन्ताका अनुसार प्रशान्तको कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न जाने क्रममा वडा अध्यक्षले उनीमाथि हातपात गरेका थिए । वडा अध्यक्ष अर्यालले हातले चार थप्पड घाँटीमा हिर्काएका थिए । कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन् ।
प्रशान्तका नजिकका आफन्तका अनुसार प्रशान्तका बाबुले १३ वर्ष अघि कान्छी आमा भित्राएका थिए । तर हालसम्म विवाह दर्ता बनाएका थिएनन् । आज विवाह दर्ता बनाउँन भन्दै बाबु शंकर र कान्छी आमा सम्झना वडा कार्यालय पुगेका थिए । यता, प्रशान्तको आफ्नी आमा सानो कान्छीले भने विवाह दर्ता नगराउन भन्दै निवेदन दिन वडा कार्यालय पुगेकी थिइन् । सोही क्रममा विवाद हुँदा प्रशान्तको आफ्नी आमा सानो कान्छीमाथि सम्झनाले सुरुमा हातपात गरेकी थिइन् । आफ्नी आमामाथि हातपात भएपछि प्रशान्तले किन हातपात गरेको भन्दै प्रश्न गरेपछि वडाध्यक्ष अर्यालले उनी माथि कुटपिट गरेका थिए ।