Thursday, July 17, 2025
समाजदिगो कृषि र वन वृक्षारोपणको लागि विशेष अभियानमा बागमती प्रदेश प्रहरी

दिगो कृषि र वन वृक्षारोपणको लागि विशेष अभियानमा बागमती प्रदेश प्रहरी

spot_img

मकवानपुर: बागमती प्रदेशका विभिन्न क्षेत्रमा गाँजा, अफिमजस्ता लागुऔषधको अवैध खेती भईरहेको डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै प्रदेश प्रहरीले यसलाई नियन्त्रण गर्न सक्रिय कदम चालेको छ । बागमती प्रदेश प्रहरीले मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्राली चितवनसँगको सहकार्यमा लागुऔषध खेती हुने क्षेत्रका कृषकहरूलाई कानुनी र नगदे बालीतर्फ लाग्न उत्प्रेरित गर्न विशेष अभियान सुरु गरेको छ भने वन वृक्षारोपणमा पनि योगदान पु¥याएको छ ।

लागूऔषधको अवैध खेती, विशेष गरी गाँजा र अफिम यस क्षेत्रका लागि जटिल बनिरहेको छ । प्रहरीले तीव्र क्र्याकडाउन र गस्ती प्रयासहरूको बावजुद द्रुत फैलावट र सीमित स्रोतसाधनले अवैध खेतीलाई प्रभावकारी रूपमा समस्यालाई पूर्ण नियन्त्रण गर्न कठिन भएकोले प्रहरीले यो समस्या समाधान गर्न वैकल्पिक उपायहरू प्रयास गरिरहेको जनाएको छ।

- Advertisement -

बागमती प्रदेश प्रहरीले चितवनको राप्ती नगरपालीका –१ र राक्सीराङ गाउँपालिका–५ मकवानपुरमा स्थानीय किसानहरूसँग संयुक्त कार्यक्रम आयोजना गरी कफी खेतीबाट हुने फाइदाबारे कृषकहरूलाई उत्प्रेरित र सचेत गराउदै चितवनमा २० हजार र मकवानपुरमा १५ हजार कफिका विरुवा किसानलाई वितरण गरेको छ । कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

कफी खेतीले गैरकानूनी लागूऔषध खेतीको एक आकर्षक विकल्प प्रदान गर्दै वातावरण संरक्षण गर्दै किसानलाई दिगो जीविका उपलब्ध गराउन सक्ने प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए । उनका अनुसार अभियानले अवैध खेतीमा संलग्न किसानहरूको अभ्यासलाई वातावरणमैत्री र लाभदायक उद्यममा रूपान्तरण गर्न प्रेरित गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरीले दिगो कृषि र वन वृक्षारोपणको दिशामा सक्रिय कदम चाल्दा अवैध लागुऔषध खेतीको छायाँ छोडेर आगामी पुस्ताका लागि उज्यालो भविष्य अँगालेर थप मेलमिलाप र वातावरणीय सचेत समाज निर्माण गर्ने लक्ष लिएको समेत उनले जानकारी दिए ।

कानुनी र नगदे बालीहरू अपनाएर, उक्त क्षेत्रले हरियाली र दिगो भविष्यको विकास गर्दै लागुऔषध खेतीमा कमी ल्याउन सकिले उनले बताए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img