देशकोशी प्रदेशइटहरीमा करेन्ट लागेर छतबाट खसेर एक मजदुरको मृत्यु

इटहरीमा करेन्ट लागेर छतबाट खसेर एक मजदुरको मृत्यु

सुनसरी / इटहरीमा एक घरमा काम गरेर फर्कने क्रममा करेन्ट लागेर छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

मंगलबार दिउँसो इटहरी- ८ को स्थित राजकुमार कार्कीको दोस्रो तलामा काम गरिरहेका ४० वर्षीया कुमार बिक काम सकेर घर फर्कने क्रममा करेन्ट लागेर दुई तलामाथिबाट छत झरेका थिए ।

करेन्ट लागेर झरेका बिकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img