सुनसरी / चोरी डकैती हुन थालेपछि मोरङको पथरी शनिश्चरेमा प्रहरीको सुरक्षा गस्ती खटाउनु परेको छ ।
माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न थालेपछि इलाका प्रहरी कार्यालय पथरीले सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरी गस्ती तिब्र बनाइएको छ ।
मंगलबार इलाका प्रहरी कार्यलय पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलीले पथरी जाँते तथा लेटाङ कानेपोखरी फारलाइन क्षेत्रमा हुने चोरी हुने संभावित स्थानहरुको स्थलगत अनुगमन गर्दै प्रहरले सुरक्षालाई तिब्रता दिन गस्ती खटाएको हो ।
चोरीका घटनालाई नियन्त्रण तथा शान्ती सुरक्षाको विषयमा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्वापाे साउन ८ गते सुरक्षा निकायका प्रमुख सहित छलफल गरेर इप्रका पथरीका प्रमुख लक्ष्मी भण्डारी, ससत्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुख प्रहरी निरीक्षक निरञ्जन कार्की र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहित छलफल भएको थियो ।
साइकल गस्ती चौक टोल बंकैनाडाँडामा सडक गस्ती तथा प्रहरीको गाडीमा पेट्रोलिङलाई थप बाक्लो बनाउँदै सुरक्षा व्यवस्थालाई मजबुद बनाउदै लगिएको डिएसपी भण्डारीले जानकारी दिए। चोरीको घटना घटेमा वा शंकास्पद व्यक्ति देखिएमा ९८५२०२७४६९ मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।