Thursday, February 6, 2025
देशकोशी प्रदेशभोजपुरको राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीय समस्यामा

भोजपुरको राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीय समस्यामा

  • सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा अवस्थित राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीयबासि समस्यामा परेका छन् ।

गत जेठ ३१ र असार ८ गते आएको बाढीले खोलासँग जोडिएका ६ वटा सडक, १६ वटा खानेपानीको मुहान तथा पाइप र ट्रस पुलसमेत बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको हो ।

जनजीवन कष्टकर बन्दै गएपछि खानेपानी र आवतजावतका लागि बाटोको वैकल्पिक व्यवस्थामा पालिका जुटेको टेम्केमैयुङ गाउँपालिकाका मेयर सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार पानधारे र राउते जोड्ने सडक मर्मत पहल भइरहेको छ ।

तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले प्रदेश सरकार र केन्द्र सरकारका साथै अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने माथिल्लो निकाय सम्म ध्यानकर्षण गराएको गाउँपालिकाका मेयर बस्नेतले बताए ।

तत्काल कुलो मर्मतको काम नभए ९० प्रतिशत जमिन बाँझो बन्ने स्थितिमा रहेको टेम्केमैयुङ- ९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । मर्मतका गर्न ठुलै योजना र बजेट आवश्यक हुने भएकाले आर्थिक बर्षको बजेट विनियोजन भइसकेकाले गाउँपालिका प्रदेश , सरकार र केन्द्र सरकारमा समस्या र कुरा उठाएको उनले बताउछन् । अहिले सडक निर्माण गर्न इस्काभेटर मेसिन लिएर सडक मर्मत गराउने पहल भइरहेको उनले बताए ।

अहिले सवारीसाधन आवज जावजको गर्न नसक्ने भएकाले मानिन र बाहेक कुदने बाटो बनाउने काम भइरहेको उनले बताए । गाउँमा खानेपानीका लागि अस्थाई पाइप जोडेर गाउँमा लगिएको छ ।खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ । टेम्केमैयुङ–९ का धेरैजसो क्षेत्रमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी बताउछन् ।

बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ ।

“बाढीको कारण निकै ठूलो क्षति भएको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “सडक सञ्चालन गर्नका लागि काम सुरु गरिरहेका छौँ । धेरै ठूलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन । क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेका छौँ । अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक सहयोग जुटाउनका लागि पहल गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको र तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए ।

गत जेठ ३२ गते खोलाले बगाउँदा टेम्केमैयुङ गाउँपालिका- ९ गोगनेका २४ वर्षीय सव–इन्जिनियर मन्दिप राईको ज्यान गएको थियोे ।IMG 20230728 102703IMG 20230728 102720

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस