देशकोशी प्रदेशबेलबारीमा सिटि सफारीलाई ट्रकको ठक्कर दिँदा सुन्दरहरैँचा एक व्यक्तिको मृत्यु

बेलबारीमा सिटि सफारीलाई ट्रकको ठक्कर दिँदा सुन्दरहरैँचा एक व्यक्तिको मृत्यु

सुनसरी / मोरङको बेलबारी नगरपालिकामा सिटी सफारीलाई ट्रकको ठक्करले दिँदा सुन्दरहरैँचाका एक व्यक्तिको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ११ सु.ह.नपा ११४३ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा सुन्दरहरैँचाका नगरपालिका -११ गोविन्दपुरका अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको हो । दुर्घटनामा सिटी सफारी चालक थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्‍याउने बित्तिकै चिकित्कसले मृत घोषणा गरेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img