सुनसरी / मोरङको सुन्दरहरैँचास्थित हसिना सिमसारमा डुबेर इटहरीका एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको हिजो दिउँसो मृत्यु भएको हो । उनलाई सुन्दरहरैँचा नगरपालिका ५ स्थित हसिया सिमसारमा डुबेको अवस्थामा मृत फेला पारिएको
साथीहरूसँग सिमसार घुम्न गएका आचार्य दिउँसो ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले शवलाई दहबाट बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



