Wednesday, February 12, 2025
समाजबागमती गाउँपालिकामा नदी उत्खनन्

बागमती गाउँपालिकामा नदी उत्खनन्

मकवानपुर : मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाउँपालिकामा नदी उत्खनन कार्य भैरहेको पाईएको छ । जबकी मकवानपुर जिल्ला समन्वय समितिले जेष्ठ ३२ गते नै पालिकाहरुलाई नदीजन्य उत्खनन कार्य भदौ मसान्तसम्म नगर्न भन्दै पत्र लेखेको थियो ।

बागमती गाउपालिकाले उक्त पत्रको अटेर गर्दै नदी उत्खनन् गरेको हो । गाउँपालिका कार्यालय नजिकै दुईदिन देखी निरन्तर उत्खनन् भैरहेको बताईएको छ । बागमती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष इन्द्र मनि तिमल्सिनाले उक्त क्षेत्रमा बिहिबार देखीनै उत्खनन कार्य भैरहेको बताएका हुन्।

बागमती गाउँपालिका वडा नम्बर ४ मा भएको उत्खन बारे वडा अध्यक्ष दन्त लाल माझीले अब छिट्टै टेण्डर आव्हान गर्न लागिएको रंगशालाको प्याराफिटको लागि खाल्डो सम्याउन गाउँपालिकाले नै उक्त कार्य गरेको बताएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस