Wednesday, February 12, 2025
देशकोशी प्रदेशसुनसरीको बुर्जमा आफ्नै छोरीलाई विष खुवाउने बाबु पक्राउ

सुनसरीको बुर्जमा आफ्नै छोरीलाई विष खुवाउने बाबु पक्राउ

सुनसरी / सुनसरीको बुर्जमा आफ्नै छोरीलाई विष खुवाउने बाबु पक्राउ परेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका- २ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लगेका छन् । उनको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि विष खुवाएको स्थानीयको भनाइ छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस