देशकोशी प्रदेशराष्ट्रिय युवा संघ भोजपुरद्वारा सरसफाई र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम

राष्ट्रिय युवा संघ भोजपुरद्वारा सरसफाई र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सुनसरी / राष्ट्रिय युवा संघ भोजपुरले बजार सरसफाई र डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

भोजपुर नगरपालिकाका भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ । सोही क्रममा युवा संघले डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो ।

युवाहरुको अगुवाईमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर डाँडा गाउँ क्षेत्रको सडक मर्मत गरिएको हो ।

बजार क्षेत्रमा ढल व्यवस्थापनको काम भईरहेको भएपनि हालबाटो विग्रिएको ठाउँसम्म सडक बन्न समय लाग्ने भएकोले बजारबासीलाई सहज आवगमनको लागि बाटो मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताईन ।

दैनिक जसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले बताए ।

श्रमदान अभियानमार्फत जिल्लामा फैलिरहेको डेङ्गी तथा आँखा पाक्ने रोगबाट बच्नको लागि अनपाउनु गर्ने शन्देशमूलक सूचनाको बोर्डसमेत बजार क्षेत्रमा राखिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img