Saturday, February 15, 2025
समाजवडाले विद्यार्थीलाई यातायात खर्च दिने!

वडाले विद्यार्थीलाई यातायात खर्च दिने!

मकवानपुर: हेटौंडा उपमहानगरपालिका वडा नं.१८ ले क्याम्पस पढ्न जाने विद्यार्थीहरुको लागि यातायात खर्च उपलब्ध गराउने भएको छ । वडाअध्यक्ष अनिल कुमार बानियाँले एक सुचना जारी गर्दै यस वडाबाट हेटौंडा बजारका क्याम्पसमा पढ्न जाने विद्यार्थीहरुलाई आवश्यक कागजात सहित ७ दिनभित्र उपस्थित हुन आह्वान गरेका छन् ।

साविक हर्नामाडी गाविसको सबै वडाहरु मिलेर बनेको हेटौंडा–१८ उपमहानगरको पूर्वी क्षेत्रमा पर्छ । त्यहाँबाट हेटौंडा बजारसम्मको दुरी १८ देखि २० किलोमिटर रहेको छ । त्यहाँका विद्यार्थीहरु दैनिक १५० देखि १८० रुपैयाँ बसलाई भाडा तिरेर हेटौंडा बजारमा उच्चशिक्षा अध्ययनका लागि आउने गर्छन् ।

यातायात खर्चको अभावले गर्दा उच्चशिक्षा लिनबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले हर्नामाडीदेखि हेटौंडासम्म लाग्ने दुईतर्फी भाडा वडा कार्यालय बेहोर्ने निर्णय गरिएको वडाअध्यक्ष बानियाँले बताए । उक्त निर्णय आउँदो भदौ १ गतेबाट लागु हुने उनले बताए ।

जारी सुचनामा यातायात खर्चको सुविधा लिनका लागि विद्यार्थी वडा नं.१८ को स्थायी ठेगाना भएको हुने पर्ने उल्लेख छ । त्यस्तै आवश्यक कागजातहरु नागरिकताको फोटो कपी, विद्यार्थीको आमाबुवाको नागरिकताको फोटो कपी, पासपोर्ट साइजको फोटो, क्याम्पसको आईडी कार्ड र हस्तलिखित निवेदन रहेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ३ गते शुक्रवारको भाग्यफल

spot_img