देशकोशी प्रदेशभोजपुर आउदै गरेको वोलेरो छिनामुखुमा दुर्घटनामा हुँदा ११ जना घाईते, ३ गम्भीर...

भोजपुर आउदै गरेको वोलेरो छिनामुखुमा दुर्घटनामा हुँदा ११ जना घाईते, ३ गम्भीर घाईते

सुनसरी / काठमाडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो करिब ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् ।

गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नम्बर – ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ईलाम माङसेवुङ- १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ जिल्ला सुन्दरहरैचा -५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाईते भएका छन् । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको प्रहरी जानकारी दिए ।

घाईते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका वडा नम्बर- ६ बस्ने वर्ष ३० को नविन राई, भोजपुर नगरपालिका वडा नम्बर -४ बस्ने वर्ष ४४ का पुर्ण प्रधान, सोहि ठाउँ बस्ने वर्ष १९ कि सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -७ बस्ने वर्ष २५ को सुनिल प्रधान सामान्य घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

गम्भीर घाईते भएका यशोधरा मा बि टक्सार भोजपुरका शिक्षक सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका- ५ वस्ने वर्ष २४ का निशान राई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img