सुनसरी / तेह्रथुमको म्याङलुङमा तीव्रगतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आज साँझ म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल हुँदा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बू र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवैको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्रगतिका कारण अनिन्त्रित भई दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।