सुनसरी / स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमशीलता प्रदर्शनी आजबाट इटहरीमा मेला सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा हुन सुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म चल्ने भएको छ ।
इटहरीको लायन्स क्लवको भवनमा मेला लागिएको छ । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कला , विभिन्न कजेलका स्टल , खानेकुरा , महिलाले उत्पादन गरेका सामग्री स्टलमा राखिएको छ ।
मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ८० वटा स्टल भन्दा बढी रहेको छ । नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका दरले पुरस्कृत गरिने समेत जानकारी दिएको छ । कोसी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पर्यटनसँग सम्बन्धित स्टलसमेत राखिएको छ ।
कार्यक्रमकि प्रमुख अथिति प्रतिनिधि सभामुखकी इन्दिरा राना मगरले उद्योमी महिलाहरूले यस्तो प्रदद्शन गर्दा खुसि लागेको व्यक्त गरिन् । महिलालाई अगाडि बढ्न सकिनेछ । यहाँ देशका नया पिढि उद्यमीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । महिलाहरूलाई उद्यमी मेला लगाउन अवसर दिएकोमा पुरूषहरूलाई धन्यवाद व्यक्त गरेकी हुन् ।
महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शनी गरिएको मेलाकी कार्यक्रम संयोजक मिना ढकालले बताइन् ।
महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएकाले महिलाका उत्पादनका लागि स्टलको शुल्क तिर्नुपर्ने छैन । सामान्य शुल्क बुझाएर रजिस्ट्रेसन गराएका भरमा त्यस्ता उत्पादनका स्टल राख्न दिइने पराजुलीले उल्लेख गरे । प्रदर्शनीमा कोसी प्रदेशका १४ ओटै जिल्लामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्रदर्शनीमा राख्ने व्यवस्थाका लागि ती सबै जिल्लाका उवा सङ्घका एकाइहरूलाई परिपत्र गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।
मेलामा ५० हजार बढी मानिस आउने अपेक्षा गरिएको बताइएको छ । अन्तिम दिन सन्थाल जातिको सांस्कृतिक प्रदर्शनी पनि राखिने भएको छ ।