Saturday, May 17, 2025
देशकोशी प्रदेशधरानका उपमेयर अइन्द्र विक्रम बेघाको घरमा तोडफोड, उमेयरका भाईमाथि खुकुरी प्रहार
spot_img

धरानका उपमेयर अइन्द्र विक्रम बेघाको घरमा तोडफोड, उमेयरका भाईमाथि खुकुरी प्रहार

spot_img

सुनसरी : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घरमा युवाहरुको एउटा समुहले तोडफोड गरेका छन् ।

हतियार सहित उपमेयरको धरान १५ स्थित घरमा प्रवेश गरेका युवाहरुले उपमेयर अइन्द्र बिक्रम बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन् । दोहरो झडप हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट विष्णुको देब्रे गालामा चोट लागेको छ । ‘दुई पक्षबीच झडप हुँदा उपमेयरका भाइ विष्णु घाइते भएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले प्रमाणित गरेका छन् । केहिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । घर तोडफोड गर्न थालेपछि तत्काल खबर गरिएको थियो ।यद्यपि प्रहरी भने समयमा नआएको गुनासो उपमेयर बेघाको छ । घटना भएर भिडभाड हुँदा समेत उपमेयर बेघा डिएसपीलाई प्रहरी पठाइदिन अनुनय गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img