Sunday, July 20, 2025
देशकोशी प्रदेशइटहरीका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

इटहरीका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

spot_img

सुनसरी : इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।

उपमहानगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने भएको छ । आज बजार अनुगमन गर्दै ठुलो मात्रामा बिक्रिको लागि राखिएको सुर्तिजन्य पदार्थ उपमहानगरले जफत पनि गरेको छ ।

- Advertisement -

पछिल्लो समय उपमहानगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरेको बताए ।

विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि उपमहानगरपालिकाले उक्त अभियानको शुरुआत गरेको हो। विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए, नभएका बारेमा उपमहानगरपालिकाका कर्मचारीले निरन्तर अनुगमन गर्ने भएको छ ।

उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगर प्रमुख पौडेलले बताए ।

विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स(साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img