Saturday, September 7, 2024
समाजचालकसहचालकको नि:शुल्क स्वास्थ्य परिक्षण
spot_img

चालकसहचालकको नि:शुल्क स्वास्थ्य परिक्षण

मकवानपुर: जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी चलाउने चालक र सहचालकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ । चाडवाड लक्षित गर्दै दुर्घटना न्यूनिकरण र स्वास्थ्य सम्बन्धी जनचेतनाका लागि स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

पहिलो दिन बिहीबार चालक र सहचालक गरि ५० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले जानकारी दिए । प्रमुख आचार्यका अनुसार सामान्य स्वास्थ्य जाच (ब्लड प्रेसर जाँच , मधुमेहको जाँच , जरो जाँच, आखा जाँच  र स्वास्थ्य सम्बन्धित परामर्श दिइएको हो ।

आज जिल्ला ट्राफिक कार्यालय अगाडि सवारीसाधन रोक्दै चालक सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो । प्रदेश प्रहरी, जिल्ला स्वास्थ्य आपूर्ति केन्द्र र  हेटौँडा अस्पतालसँगको सहकार्यमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको प्रमुख आचार्यले बताए ।

प्रमुख आचार्यका अनुसार  ट्यांकर, ट्रक, बस, पिकअप, अटो र सुमोका  चालकसहचालकगरि जम्मा ५० जनाको स्वास्थ्य परीक्षण गरिएको हो जसमध्ये ३१ जनाको स्वास्थ्य सामान्य, १३ जनाको ब्लड प्रेसर उच्च, ६  जनाको मधुमेहको घटबढ देखिएको थियो  उनीहरूलाई परामर्श दिई गन्तव्य तर्फ पठाइएको छ ।

-Google Ads-

सवारी दुर्घटना न्यूनीकरणको अदृश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको बताउँदै प्रमुख आचार्यले दुई दिनमा २ सय ५० जना चालकसहचालकलाई स्वास्थ्य परीक्षण गर्ने लक्ष रहेको बताए । यस कार्यक्रमले चालकसहचालकलाई आफ्नो स्वास्थ्य समय समयमा परीक्षण गर्नुपर्ने रहेछ भन्ने जनचेतना पनि प्रवाह हुने उनले भनाई थियो ।

परीक्षणमा आएका एक सवारी चालकले ट्राफिक कार्यालयले असाध्यै राम्रो काम गरेको बताउँदै भने “हाम्रो स्वास्थ्यको लागि उहाँहरूले हाम्रो सवारी रोकी रोकी परिक्षण  गराउने भनेको असाध्यै राम्रो हो, मेरो जीवनमा यो पहिलो पटक हो, असाध्यै राम्रो लाग्यो । ”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img