Monday, April 28, 2025
देशकोशी प्रदेशइटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जनता क्याम्पस अध्ययनरत पवन सहित दुई जनाको मृत्यु
spot_img

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जनता क्याम्पस अध्ययनरत पवन सहित दुई जनाको मृत्यु

सुनसरी : इटहरी १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुदा दुईजनाको दुर्घटना भएको हो ।

विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १-०२-०४६ प १९६७ र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४६ प ७२५८ नम्बरको मोटरसाइकल आज (शुक्रबार) बिहान ९:३० बजेतिर एकापसमा ठक्कर भइ दुर्घटना भएको हो ।

एकापसमा ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल स १ ख ८१६ नम्बरको बससँग ठोक्किएको थियो ।

दुर्घटनामा सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर २ का सुशान्त दाहाल घाइते भएका छन् । उनको विराट-नर्सिङ होममा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img