Saturday, September 7, 2024
देशकोशी प्रदेशविराटनगरमा प्रहरी हौं भन्दै लुटपाट, दुई जना पक्राउ
spot_img

विराटनगरमा प्रहरी हौं भन्दै लुटपाट, दुई जना पक्राउ

सुनसरी / विराटनगरमा प्रहरी हौं भन्दै लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । लुटपाट भएको केही रकमसहित घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका- १२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार असोज २२ गते सोमबार दिउँसो १२ बजेतिर साह मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै थिए ।

विराटनगर-११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले साहमाथि लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए ।

‘लुटपाटमा संलग्नले हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेछन् । एक जना साहको मोटरसाइकल पछाडि बसेछन्,’ उनले भने, ‘साहलाई रोडशेषबाट विराटनगर–२ हनुमान मन्दिर पुर्याएको पाइयो । मन्दिर परिसरमा पुर्याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको खुलेको छ ।’

-Google Ads-

लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर हनुमान मन्दिरतर्फ जाँदै गरेको सीटी क्यामेरा फुटेजमा देख्न सकिन्छ । ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसे,’ प्रहरी स्रोतले भन्यो, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ ।’

दाहालका अनुसार साहको नागरिकतासहित उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img