Monday, January 13, 2025
देशकोशी प्रदेशउर्लाबारीमा सिटी सफारी र मोटरसाइकल दुर्घटना हुँदा भण्डारीको मृत्यु

उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल दुर्घटना हुँदा भण्डारीको मृत्यु

सुनसरी / मोरङको उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ उर्लाबारी नगरपालिका -५ तरूण चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले पुष्टि गरेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी ५ का ३० वर्षीय मौसम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारका लागि उर्लाबारी स्थित अरनिको हस्पिटल पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो ।

उनको चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले मोटरसाइकल, सिटी सफारी र सफारी चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img