Tuesday, February 11, 2025
देशकोशी प्रदेशधनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाईते

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाईते

सुनसरी / धनकुटाको पाख्रीबास नगरपालिका -५ पन्चेभीर स्थितमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं. १-०२-००३ त १६६३ नम्बरको ट्याक्टर बेक्र फेल भएर सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक छथर गाउँपालिका १ तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर बिश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहचालक छथर जोरपाटी गाउँपालिका ६ का १९ वर्षीय निर्मल कटुवालको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस