भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका भरि भोलि सार्वजनिक बिदा दिएको छ ।
बालाचतुदर्शीको अवसरमा गाउँपालिकाले पालिका क्षेत्रभरी सार्वजनिक बिदा दिएको हो । सतविज छर्ने दिन अर्थात् बालाचतुदर्शी दिनको अवसरमा पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाको पर्यटकीय तथा धार्मिक क्षेत्र टेम्केडाँडामा ऐतिहासिक तथा धार्मिक वालाचतुर्दर्शी मेला लाग्ने भएकाले विदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कुमार तामाङले जानकारी दिए ।
सोमवार (एक) दिनका लागि गाउँपालिकाको कार्यालय लगायत यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा वाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय विदा रहने बताइएको छ ।