Thursday, January 23, 2025
देशकोशी प्रदेशभोलि र पर्सी कोशी बन्दको आह्वान

भोलि र पर्सी कोशी बन्दको आह्वान

सुनसरी / प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले भोलि र पर्सी बन्दका लागि आह्वान गरेको छ ।

समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ— गोत्रीय नाम खारेज गर्न र पक्राउ परेका नेताहरू बिनासर्त रिहाइ गर्न बन्दको आह्वान गरिएको हो ।

यत्ति गर्दा पनि नेताहरू रिहाइ नभए आम हड्तालको घोषणा गर्ने चेतावनी समितिले दिएको छ । त्यस्तै लेगुवाघाट–चिवाभञ्ज्याङ बन्दलगायतका कार्यक्रमहरू निरन्तर रहने समितिले जनाएको छ ।

यसअघि खोटाङको हलेसीमा प्रदर्शन गर्ने क्रममा किरात गणराज्य मोर्चाका संरक्षकसमेत रहेका समितिका नेता गोपाल किरातीलगायतका दर्जनौं नेताहरू पक्राउ परेका छन् । समितिले उनीहरूलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img