Thursday, December 12, 2024
देशकोशी प्रदेशधरान कार्यसम्पादनमा असफल, ६ सूचकमा शून्य अङ्क प्राप्त

धरान कार्यसम्पादनमा असफल, ६ सूचकमा शून्य अङ्क प्राप्त

धारन –  धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा कमजोर प्रदर्शन गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार धरान उपमहानगरपालिकाले १६ सूचकमध्ये ६ सूचकमा शून्य अङ्क प्राप्त गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को आय-व्यय प्रक्षेपण, बजेट कार्यान्वयनको वार्षिक समीक्षा लगायतका विवरणहरू निर्धारित समयमा प्रस्तुत गर्न नसक्नु, आवधिक योजना तर्जुमा नगर्नु, शैक्षिक तथ्याङ्क उपलब्ध नगराउनु जस्ता कमजोरीका कारण कुल ८१ अङ्कभार रहेको मूल्याङ्कनमा ३५.५६ अङ्क मात्र प्राप्त गरेको हो ।

यसैबीच, धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख र उपप्रमुखबीच विवाद भइरहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रमुख र उपप्रमुखलाई फरक-फरक अधिकार दिएको भएता पनि कानूनी क्षेत्राधिकार स्पष्ट नहुँदा उनीहरूबीच विवाद सिर्जना भएको देखिन्छ । विशेष गरी राजश्व परामर्श समितिको संयोजकको रूपमा रहेका उपप्रमुख अइन्द्रविक्रम बेघाले गरेका कामहरूप्रति प्रमुख हर्कराज राईले असन्तुष्टि जनाउँदै आएका छन् ।

यस्तै, नगरसभाले २७ लाख रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरेको छ । जनप्रतिनिधिको क्षमता विकास, विद्यालय भवन, आयुर्वेद भवन, सडक, सिसी क्यामेरा, सडक बत्ती लगायतका क्षेत्रमा उक्त रकम विनियोजन गरिएको धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराईले जानकारी दिए ।

कार्यसम्पादनमा कमजोर देखिएको धरान उपमहानगरपालिकाले आगामी दिनमा कानून र नियमको पूर्ण पालना गर्दै पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने देखिन्छ । साथै प्रमुख र उपप्रमुखबीचको विवाद समाधानका लागि पनि पहल गर्न आवश्यक छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img