सुनसरी : प्रदेश नम्बर -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्सि ३० गते मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने निश्चित भएको छ र कात्तिक १६ गते सपथ ग्रहण गरेका थिय ।
आइतबार प्रदेश सरकारको तर्फबाट उनलेे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिने सम्बन्धि सुचना दर्ता गरेका हुन् । मुख्यमन्त्री राईका प्रमुख स्वकिय सचिव सन्दिप राईले आफू प्रदेश सभामा पुगेर सरकारले विश्वासको मत लिने सम्बन्धि पनि सुचना दर्ता गरेको जानकारी दिएका छन् ।
सुचना दर्ता भएसँगै मुख्यमन्त्री राईले मंगलबारको प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । संसद सचिवालयका प्रवक्ता चमिना भट्टराईले सोमबार बस्ने कार्यव्यवस्थाको बैठकले मंगलबारको प्रदेश सभाको कार्यसुचिबारे टुंगो लगाउने जानकारी दिनुभएको छ । सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक २३ गतेका लागि प्रदेश सभाको पाँचौ बैठक बोलाएका थिए ।
मुख्यमन्त्री राईले विश्वासको मत लिइहाल्ने तयारी गर्दै उक्त बैठक सार्न सभामुख भण्डारीलाई आग्रह गरेका थिए । सोही आग्रह अनुसार कात्तिक ३० गते मंगलबार दिउँसो १२ः३० बजेका लागि बैठक बोलाइएको छ ।