देशकोशी प्रदेशभोजपुरको टेम्केमैयुङमा चट्याङले १४ घर क्षतिग्रस्त

भोजपुरको टेम्केमैयुङमा चट्याङले १४ घर क्षतिग्रस्त

भोजपुर। वर्षासँगै परेको चट्याङले भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीमा १४ घरमा क्षति पुर्याएको छ। गएरातिको चट्याङबाट वडाका स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर विष्ट, कुमारी विष्ट लगायत १० घर क्षतिग्रस्त भएको छ ।

वडा अध्यक्ष सुनिल राईका अनुसार चट्याङले घरको गारो, ढोका, थाम, मोबाइल, वायरिङ र विद्युत मिटरबक्सलाई क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले चार घरमा करिब एक लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

प्रहरी सूचना अधिकारी दल बहादुर राईका अनुसार याम बहादुरको ३० हजार, राजकुमारको ४५ हजार, बेनीको १५ हजार र कुमारीको २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । भौतिक संरचनामा नोक्सान भए पनि मानवीय तथा पशुचौपायाको क्षति भएको छैन ।

प्रकोप नियन्त्रणका लागि प्रहरी र स्थानीय प्रशासन संलग्न छन्। घटनास्थलको निरीक्षण गरिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img