Sunday, March 16, 2025
देशकोशी प्रदेशइलाममा सवारी चालक अनुमती पत्र लिन पाइने

इलाममा सवारी चालक अनुमती पत्र लिन पाइने

सुनसरी : इलाममा यातायात व्यवस्था सेवा कार्यलयले सवारी चालक अनुमति प्रदान गर्नको लागि अनलाइन आवेदन खुला गरेको छ । कात्तिकमा सवारी चालक अनुमति पत्र इलाम जिल्लाबाट पनि वितरण हुने भएको छ ।

इलाम सहित , ताप्लेजुङ , तेह्रथुम र पाँचथरका सेवाग्राहीले इलामबाट सेवा लिनसक्ने कार्यलयका प्रमुख छवि खतिवडाले जानकारी दिएका छन् ।

यशअघि यश क्षेत्रमा सेवाग्राही झापा मोरङमा रहेको कार्यलयबाट सवारी चालक अनुमति पत्र लिनुपर्ने बाध्यता थियोे । त्यि कार्यलयहरूमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले सेवा लिनको लागि लामो समयसम्म कुर्नुपथ्यौ ।

इलामबाट सेवा सुरु भएपछि पुर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने छ । कार्यलयबाट ए वर्गमा पर्ने मोटरसाइकल , स्कुटर र मोपेड, के वर्ग अन्तर्गतको स्कुटर , बि वर्ग अन्तर्गतको कार , जीप , डेलिभरि भ्यानको लागि अहिले सवारी चालक अनुमानि पत्र दिइने छ ।

भौतिक पूर्वधार मन्त्रालय र विभागमा सी वर्ग अन्तर्गतको टेम्पो, अटो रिक्सा, जे१ वर्ग अन्तर्गतको एक्स्काभेटर, जे २ वर्ग अन्तरगतको ब्याकहुक लोडर र इ वर्ग अन्तर्गतको ट्याक्टरको समेत सवारी चालक अनुमति पत्र वितरण गर्न अनुमतिको लागि समेत प्रक्रिया थालिएको छ ।फाईल फोटो

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img