देशकोशी प्रदेशभोजपुरको टेम्केमैयुङ गाउँपालिका कोटमा फुसको छानोमुक्त क्षेत्र

भोजपुरको टेम्केमैयुङ गाउँपालिका कोटमा फुसको छानोमुक्त क्षेत्र

सुनसरी : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त क्षेत्र बनेको छ । वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरुपता ल्याउनका लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो ।वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त क्षेत्र बनेको हो ।

वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ गरी १०८ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको कार्यालयले जनाएको छ ।सुरुमा वडा कार्यालयले आफैँ बजेट विनियोजन गरेर कार्यक्रम थालेको भए पनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उहाँको भनाइ छ ।

वडाध्यक्ष नेपालले भन्नुभयो, जनतालाई निर्वाचनको बेला दिएको वचनअनुसार वडाले रु २० लाख विनियोजन गरेर ४३ घरलाई जस्तापाताको छानो दिएका छौँ । पुनः सहरी विकास कार्यालयबाट थप ६५ गरी यहाँका १०८ घर विपन्नको फुसको छानो हटाउन सफल भयौँ ।वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्ध रुपमा काम गरिरहेको जनाइएको छ । वडाको सबै ठाउँमा विद्युत् विस्तार भएको छ, धेरै कृषकलाई अनुदानको व्यवस्था गरेको छौँ ।

वडाको सबै घरमा केन्द्रीय विद्युत् प्रसारणलाइन विस्तार भएको वडा कार्यालयले जनाएको छ । साबिकमा एक मात्र वडा रहेकामा देश सङ्घीय संरचनामा गएसँगै यस ठाउँलाई दुई वडामा विभाजन गरिएको हो ।भौगोलिक विकटताका कारण विद्युत् विस्तारका लागि एक परिवारका लागि रु पाँच लाखसम्म खर्च भएको उहाँको भनाइ छ । वडाका सबै घरमा विद्युत् विस्तार भए पनि नियमित विद्युत् नआउँदा स्थानीयवासीले समस्या भोग्नु परेको उहाँको भनाइ छ ।

हामीले वडामा विद्युत् विस्तार गर्न सफल भएका छौँ । विद्युत् विस्तारपछि यो ठाउँ प्रविधिमैत्री भएको छ । वडावासीले विद्युत् गृह सञ्चालनमा ल्याउन सहयोग गरेका छन्,” उहाँले भन्नुभयो,“ तर ती विद्युत् गृहबाट उत्पादन भएको विद्युत् हाम्रा जनताले किन उपभोग गर्न नपाउने ? यसका लागि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ ।´´

हालसम्म वडा नं ६ कोट, वडा नं ४ नागी र वडा नं ३ अन्नपूर्ण पूर्णरुपमा फुसको छानोमुक्त भएका छन् भने वडा नं ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । समाचार जानकारी दिनु हुने दिपेन्द्र लुइँटेल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img