Sunday, March 16, 2025
राजनीतिमाक्र्सवादीका स्कूलका कुनै यादहरू र केही चरणहरू

माक्र्सवादीका स्कूलका कुनै यादहरू र केही चरणहरू

माक्र्सवादि स्कुलका यादहरू साम्यवाद चरण यस्तो रहेको छ ।

अर्धवन्य अवस्थाको निम्न चरण
यस चरणमा मानिसले माटाका भाँडाहरु प्रयोग गर्न थाल्यो। त्यतिबेलाको मानिस समूहमा बस्थ्यो, समूहमै खाना पकाउँथ्यो, समूहमै खान्थ्यो ।त्यस बेला आफ्नो सुरक्षाका लागि मानिसले माटोको प्रयोग गर्न थालिसकेको थियो। माटो आगोका कारण कडा बन्दै गएको र त्यसैबाट भाँडाको आकृति बन्न थालेपछि मानिसले माटाका भाँडा प्रचलनमा ल्याउन थालेको मानिन्छ।

माटोका भाँडा प्रचलनमा आएपछि मानिसले कन्दमुल र खानेकुरा सञ्चित गर्न सम्भव भयो। यस चरणमा मानिसले आफ्नो स्वत्व बुझ्न थालेको थियो।मानिसले पानी किन पर्छ, रात किन पर्छ, अध्याँरो र उज्यालो कसरी हुन्छ, पानी किन तलतिर बग्छ ? जस्ता विषयमा त्यति बेलाबाटै आफ्नो जिज्ञासा जाहेर गर्न थालेको थियो ।

अर्धवन्य अवस्थाको उन्नत चरण :
यस चरणमा मानिसले कृषि क्षेत्रमा थप प्रगति गर्‍यो। उत्पादनका साधनमा नहर प्रणालीको विकास यसै चरणमा भएको मानिन्छ। यसै चरणमा मानिसले संगीत एवं नाट्यकलाको विकास गर्‍यो। मानव जातिको पहिलो बाजा डमरु मानिन्छ, जुन यसै चरणबाट मानिसले प्रयोगमा ल्याएको थियो ।

अर्धवन्य अवस्थाको सभ्य युग :– यस चरणमा मानिसले वस्तु विनिमय गर्न थाल्यो। आफूलाई बढी भएको खानेकुरा वा वस्तुहरु अरुलाई दिने र आफ्ना लागि आवश्यक वस्तु लिने प्रचलन यसै चरणबाट अगाडि आयो ।यसै चरणमा मानिसले फलामको प्रयोगका साथै घोडाको प्रयोग गर्न थाल्यो। फलामका औजारहरुको प्रयोगमार्फत् घोडाको प्रयोग गरी शिकार खेल्ने प्रचलन यहीँबाट आरम्भ भयो।दास युगको प्रारम्भसम्म समाजमा वर्ग थिएन। आदिम साम्यवादको अन्तिम चरणको वस्तु विनिमयसम्म आइपुग्दा पनि समाजमा वर्ग थिएन जस्ता कुरा माक्र्सवादका चरण रहेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img