Tuesday, December 10, 2024
देशकोशी प्रदेशकोशी प्रदेशमा डिएसपी सहित ३ सय १२ प्रहरी कारवाहीमा

कोशी प्रदेशमा डिएसपी सहित ३ सय १२ प्रहरी कारवाहीमा

इटहरी | कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्य प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिकीकरण गर्दै डिएसपी सहित ३१२ जना प्रहरीलाई कारबाही गरेको जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने डिएसपी १, प्रहरी निरीक्षक २, प्रबनानी २, प्रनानी ४, प्रसनि १९, प्रबह १५, प्रह ६४, प्रसह ५९, प्रज १४१, प्रकास ५ गरी ३१२ जना प्रहरीहरुलाई कारबाही गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए।

यस्तै, ३ जना प्रहरी वरिष्ठ उपरीक्षक सहित २,१९३ जनालाई पुरस्कृत गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

आर्थिक वर्ष ०८०/८१ मा ९,३८७ वटा मुद्दा दर्ता भएको र बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो वर्ष बढ्दै गएर १,००४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ वर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामूलक कार्यक्रम लगायत प्रहरीले गरेका नवीनतम कार्यहरुको विवरण प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी भइरहेको बताएका थिए।

अहिले कोशी प्रदेशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रदेश प्रहरी कार्यालय लागिरहेको र कुनै पनि जिल्लाहरुमा त्यस्तो खतरा नरहेको बताएका थिए। कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसन्धान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img