सुनसरी: खोटाङ जिल्लाको एक प्रसिद धार्मिक स्थल हलेसी मन्दिरमा चार महिनामा सहयोग संकलन गर्दा १२ लाख भेटी संकलन भएको छ भने हलेसी मन्दिरमा यश अवधिमा भारू ३ हजार ९३५, चाँदी ६१.७ ग्राम , सुन ०.७ ग्राम र अमेरिकी डलर ३ हजार जम्मा भएको छ ।
खोटाङ जिल्लाको तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसी मन्दिरमा गत साउन १ गतेदेखि मंसिर ५ गतेसम्मको अवधिमा मन्त्दिमा आउने दर्शनयार्थि तथा पूजाआजाका लागि आएका दर्शनयार्थिबाट १२ लाख ८० रूपैयाँ भेटी सहयोग , संकलन भएको छ ।
हलेसी महादेव मन्दिरको शिव पार्वती थानमा ५ लाख ८४ हजार ५३० रूपैयाँ , हलेसी मन्दिर प्रांगणमा रहेको दान पेटीकाबाट १ लाख ९८ हजार ८५५ रूपैयाँ , बसाहा गुफा दान पेटिकामा ३४ हजार ५२५ भेटी रकम संकलन भएको हलेसी मन्दिर सुचना केन्द्रका प्रमुख सयन्द्र राइले जानकारी दिएका छन् । संकलन भएको भेटी रकममध्ये ५ लाख ३२ हजार १४ रूपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रूपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।
मन्दिरमा संकलन भएको भेटीबाट मन्दिर वरिपरि , दिव्य ध्वनि , होम भवनको मन्दिरभित्र रेलिङ रंगरोगन , बसाहा थान धाराको ढल निकास , भेटी गणना , अतिथि खाजा र खानेपानीको लागि हिलटेक खरिद जस्ता मन्दिरको विकासमा खर्च काम गर्ने भएको छ ।