देशकोशी प्रदेशचोरीको मोटरसाइकल सहित झापाबाट तीन युवक पक्राउ

चोरीको मोटरसाइकल सहित झापाबाट तीन युवक पक्राउ

सुनसरी : आज झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाइकल चोरी गरेको अभियोगमा चोरी गरेका दुई थान मोटरसाइकल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चो‍रीमा पक्राउ पर्नेहरूमा ईलाम जिल्लाको सुर्योदय नगरपालिका-९ मा बस्ने २१ वर्षीय आशिष सुब्बा , सुर्योदय नगरपालिका-८ मा बस्ने २१ वर्षीय बिवेक घिमिरे र विर्तामोड नगरपालिका -३ बिर्ताबजारमा बस्ने २६ वर्षीय रंजित राजवंशी सहिद पक्राउ परेका छन् ।

अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरी गरेको मे ६ प २५०५ र मे ११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी गत बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई उपर जिल्ला अदालत झापाबाट सात दिन म्याद थप गरि आवश्यक कानुनी कारवाहीको प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img