Saturday, May 24, 2025
देशकोशी प्रदेशहतुवागढीमा पौष १२ गते देखि भलिबल प्रतियोगिता
spot_img

हतुवागढीमा पौष १२ गते देखि भलिबल प्रतियोगिता

spot_img

सुनसरी : भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका-१ घोडेटारमा यहीँ पौष १२ देखि भलिबल प्रतियोगिता हुने भएको छ ।

हतुवागढी खेलकुद विकास समितिको आयोजनामा अन्तर गाउँपालिका , नगरपालिका स्तरीय महिलालतथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको छ ।घोडेटार स्थित सगरमाथा माध्यमिकको प्राङ्गणमा हुन लागेको उक्त भलिबल प्रतियोगिता जुनसुकै गाउँपालिका तथा नगरपालिकाका महिला तथा पुरुष खेलाडीहरु सहभागी हुन पाउने भएका छन् ।

पौष १२ गते देखि अन्तर वडा स्तरीय महिलारपुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिएका छन् । वडा स्तरीय भलिबल प्रतियोगिताको टाइसिट पौष ११ गते सार्वजनिक गरिने हुँदा सोही दिनको दिउँसो १२ बजे सम्म टिम दर्ता गराइ सक्नु भएको छ ।

वडास्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमलाई रु. ५१ हजार १ सय ११ र उपविजेता टिमलाई रु ३५ हजार ५ सय ५५ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरि महिला तर्फ विजेता टिमलाई रु.३० हजार ३ सय ३३ र उपविजेता टिमलाई २० हजार २ सय २२ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।

युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा भलिबल साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img