सुनसरी : भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर भेडेटारमा ९ औं परिकार महोत्सव शुक्रबारबाट सुरु हुने भएको छ ।
कोरोना महामारीका कारणले थला परेको पर्यटन व्यावसायलाई चल्न नसकेको भनी प्रदेश नम्बर-१ कै पर्यटकीय स्थान भेडेटारलाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।महोत्सवमा घरेलु उत्पादनका सामाग्री प्रदर्शनी संगै हेलि फनफाल्इट, जिप लाइन, प्याराग्याईडिङ्ग लगायतका खेलहरु समेत महोत्सवम रहने छन् । स्थानिय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला पनि भोलि बाट हुने महोत्सवमा रहने छ ।
धनकुटा जिल्लाको भेडेटारका आसपास रहेका पर्यटकीय क्षेत्रहरुमा समेत घुम्न पाईने व्यावस्था गरिएको आयोजक समितीका सल्लाकार नरद चेम्जोङ्गले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ । २०६९ सालबाट नियमित महोत्सव हुदै आएकोमा गत बर्ष कोरोना महामारीका कारण महोत्सव स्थगित गरिएको थियो भने यो बर्ष पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनालाई कडाई गर्दै महोत्सव गरिन लागेको छ ।
महोत्सवमा अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको र महोत्सव १६ गते बाट १८ गते सम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जनाएका छन् । यो समाचार धनकुटा खबरमा छापिएको छ ।