देशकोशी प्रदेशतरहराको पानिपियामा बसको ठक्करबाट २ जनाको मृत्यु

तरहराको पानिपियामा बसको ठक्करबाट २ जनाको मृत्यु

इटहरी : सुनसरीको इटहरी-२० तरहराको पानिपिया स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृ´त्यु भएको छ ।

मृ´त्यु हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन । हिजो राती साढे ७ बजे धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्बरको बसले विपरीत दिशा तर्फ जादै गरेको को .२७ प २१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए ।

गम्भीर घाईते भएका मोटरसाईकल चालक सन्तोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरानको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुवै जनाको मृ´त्यु भएको जिल्ला प्रहरी कार्यलय इटहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इटहरी-४ का टिकाराम चौधरीलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img