इटहरी : सुनसरीभरका विद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विद्यालयका बालबालिकाका लागि निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।
माघ २८ गते मनाउँदै आएको स्थापना दिवसको अवसरमा माध्यमिक तह कक्षा-९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको लागि ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्रधन´ विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने आयोगको कार्यालयले सूचना जारी गरी गरेको छ ।
निबन्धहरुमध्ये उत्कृष्ट निबन्धहरुको मूल्याङ्कन गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमश : १२ हजार, ९ हजार, ७ हजार पाँच सय र ५ हजार पुरस्कार प्रदान गरिने शाखा अधिकारी दिवस अधिकारीले जनाएका दिए । निबन्धकारमा राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा समेत सहभागी गराइने आयोगले जनाएको छ । रासस



