इटहरी / सुनसरीको ईटहरी उपमहानगरपालिका-४ भित्रि सडक खण्ड डिबिएम बोडिङ स्कुलछेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका-६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् ।
हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिश्वकर्मा गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यलय धरानले जनाएको छ ।
उनको उपचारको लागी धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन साथ मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।



