इटहरी / नेपालमा पछिल्लो समयमा काेभिड-१९ को ओमिक्रोन भेरियन्ड संक्रमणको दर बढ्न थालेपछि सरकारले आधारभूत र माध्यमिक तहका विद्यालय माघ १५ सम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।
२५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार इटहरी उपमहानगरपालिका अन्तर्गत संस्थागत र सामुदायिक विद्यालयहरू बन्द गर्न अनुरोध गरेको छ ।
बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन इटहरी उपमहानगरपालिकाले आग्रह गरेको छ ।
साथै बिदाकाे अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउन कार्यलयको अनुरोध रहेको छ ।