सुनसरी / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका विद्यालयहरूको पठनपाठन बन्द गर्न आदेशपत्र जारी गरेको छ ।
शाखा प्रमुख राजन ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ संक्रमण तीब्रमा फैलिएको र आमोक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएको र यस गाउँपालिका भित्रका केही विद्यालयका शिक्षक र विद्यार्थीहरूमा पनि कोभिड-१९ संक्रमण पुष्टि भएकाले बिहीबार बसेको बैठक अनुसार माघ १५ गते सम्मका लागि गाउँपालिकाका विद्यालयहरूको पठनपाठन बन्द गर्न आदेश पत्र जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि रहेको छ ।
२५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश , सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हक नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयनुसार विद्यालय बन्द गर्न आदेश दिएको छ ।
कोभिड-१९ विरूद्वको खोप लगाउन छुट भएका १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन र यसको लागि स्वास्थ्य कार्यलय र आवश्यक व्यवस्था सहजीकरण गर्न आदेश पत्र जारी गरेको छ ।



