सुनसरी / झापाको भद्रपुर नगरपालिका-४ स्थितमा मोटरसाइकलको ठ’क्करबाट झापाको भद्रपुर नगरपालिका-४ का ७७ बर्षीय जगत बहादुर कार्की मृ’त्यु भएका छन् ।
हिजो राती पौने ७ बजे मे १० प ४४१९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घा’ईते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उ’पचारको क्रममा मृ’त्यु भएको हो ।
दुर्घटनामा संलग्न मोटरसाईकल र चालक कचनकवल गाउँपालिका-७ का माधव राजवंशीलाई प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।



