देशमधेस प्रदेशमंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा

मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा

नामाकरण र स्थायी मुकाम (राजधानी) तोकेको खुसीयालीमा मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img