- सुनसरी, सन्जिप तिमिसिना
इटहरीमा रहेको एपेक्स हस्पिटलको लापरबाहीका कारणले इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएको छ ।
मृत्यु भएपिछ पिडितले प्रदर्शन गरेर अहिले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध बनेको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पीडितले आन्दोलनमा उत्रिएका छन् ।
उपचारको क्रममा अस्पतालले चरम लापरबाही गरेकाले आफ्ना छोराको मृत्यु भएको मृतकका बुबाले बताए । अहिले मृतकको शव बोकेर पूर्व–पश्चिम राजमार्गको एपेक्स अस्पताल अगाडि नै प्रदर्शन भइरहेको छ ।
आफूहरूले भमिट भएपछि अस्पतालमा हिजो बुधबार साँझ ल्याइएपनि उपचारको क्रममा ओभर डोज सुइ लगाइएपछि मृत्यु भएको पीडितको भनाइ छ । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाइ छ ।
मृतका बुबाका अनुसार ‘भमिट रोक्ने दबाइ दिएपनि भमिट नरोकिएपछि अन्य जाँच पनि गरायौँ, सबै जाँच गराउँदा डाक्टरले नर्मल छ भनेको थियो, तर नर्सहरूले ओभरडोज सुई दिएपछि मृत्यु भयो,’ उनले भने, ‘भमिट निरन्तर आएपछि निरन्तर ओभरडोज सुइ लगाउँदा मृत्यु भएको हो । बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित उपचारमा संलग्नलाई कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।