Wednesday, January 15, 2025
समाजमाओबादीका चर्चित नेताको अस्पतालमा निधन

माओबादीका चर्चित नेताको अस्पतालमा निधन

नेपालगञ्ज :

नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनानसाठी वर्षीय उहाँको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताउनुभयो ।

उहाँका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आउनुभएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनुभएको थियो । स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहनुभएका उहाँलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

damodar

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएका अचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि हुनुभएको थियो । उद्योगमा लोकप्रिय छवि बनाउनुभएका उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि बन्नुभएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img