Sunday, April 20, 2025
समाजअभिनेता शाहलाई अदालतले थुनामा पठाउन आदेश दिनुको यि हुन् ५ कारण
spot_img

अभिनेता शाहलाई अदालतले थुनामा पठाउन आदेश दिनुको यि हुन् ५ कारण

काठमाडौँ । एक किशोरीलाई कर णी गरेको अभियोगमा अदालतमा मुद्दा खेपीरहेका अभिनेता पल शाहलाई विहिवार जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीको अनुसन्धानपछि दर्ता भएको मुद्दामा दुई दिन सम्म भएको थुनछेकको वहस पछि अदालतले यस्तो आदेश दिएको हो । पलको मतियारका रुपमा प्रहरीले पेश गरेको उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैया धरौटीमा छोड्न आदेश दिएको छ ।

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले मुख्य ५ कारण उल्लेख गरेको छ । विहिवार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो। यदि शाहलाई अदालतको यो आदेश चित्त नबुझे शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश

अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा निम्न ५ बुँदालाई आधार बनाएको छ । अदालती बयानमा शाहले भने आफुले करणी गरेको स्वीकारेका छैनन् । तर, अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे युवतीको कोठामा गएको स्वीकार गरेका छन् । त्यसरी मध्यरातमा किशोरीको कोठामा जानुपर्ने मनाशिव कारण खुलाउन नसकेको आदेशमा उल्लेख गरिएको छ । यहि कुरालाई अदालतले पहिलो आधार भनेको छ ।

यस्तै पीडितले गरेको बयान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरुको बयानले समर्थन गरेको आदेशमा उल्लेख छ। पीडितको र बयानमा सामेल अन्य व्यक्तिहरुको भनाईलाई समर्थित गरेको भन्दै अदालतले दोस्रो आधार लिएको छ।

शाह आफैँले सार्वजनिक गरेको अडिओलाई अदालतले तेस्रो प्रमाणका रुपमा लिएको छ। छलफलका क्रममा रेकर्ड गरिएको अडिओ शाह स्वयमले सार्वजनिक गरेका थिए। प्रहरीले समेत उक्त अडिओलाई बलियो प्रमाणका रुपमा पेश गरेको थियो।

यस्तै, पीडितको शारीरिक परीक्षणको रिपोर्टलाई अदालतले चौथो प्रमाण मानेको छ। पीडितले दिएको बयान र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुको भनाईलाई अदालतले पाँचौँ प्रमाणका रुपमा लिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img